दफा ३२
विमा अभिकर्ता, सर्भेयर र दलालको अयोग्यता
देहायका अवस्थामा कुनैपनि व्यक्ति विमा अभिकर्ता, सर्भेयर वा दलाल हुन सक्ने छैनः
(क) सोह्र वर्ष उमेर नपुगेको,
(ख) मानसिक स्थिति ठिक नभएको,
(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) कुनै प्रकारको चोरी गरेको, ठगी गरेको वा आफ्नो जिम्मामा रहेको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, वा
(ङ) विमा व्यवसाय संबन्धी काम गर्दा बीमक वा विमा लेख लिनेको विरुद्ध हानि नोक्सानी हुने कुनै काम गरेको ।